समाचार

लघुवित्तको नाफा कति, कुनले कति कमाए ? हेरौं तथ्यांक

2023/08/11

काठमाडौं : सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । 

 
यसअघि, आइतबार छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने लगातार तीन दिनदेखि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको छ ।