समाचार

हिमालयन लाइफको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

2025/04/28

नेपाली पैसा 
 
काठमाडौं : हिमालयन लाइफ इन्सुरेन्सले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत १२ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

nepalipaisa